- उमेश मगर
एक्लो जीवन जीउँदै थिएँ, सहारा बनी आयौ येशू !
अन्धकारमा हिंड्दै थिएँ, ज्योति तिमिले ल्यायौ येशू!!
प्यासी जीवन जीउँदै थिएँ, जिवनको पानी दियौ येशू!
तिर्खाएको म प्यासिलाई, तृप्त तिमीले बनायौ येशू!!
लड्दै थिएँ मरुभूमिमा, साथी बनी आयौ येशू!
मरेको थिएँ हरेक पलमा, बाँच्ने आशा दियौ येशू!!