काठमाडौं । नेपाल राष्ट्रिय मण्डली संगतिले ६०अाैं बार्षिक उत्सव र साधारण सभाद्वारा अाफ्नाे नाम परिवर्तन गरि नेपाल राष्ट्रिय मण्डली एलायन्स(National church alliance of Nepal) राख्दै ३ दिने सभा अाज सम्पन्न गरेकाे छ।
Ncf Nepalकाे दायरालाई फराकिलो पार्दै, झुट्ठा शिक्षा बाहेकका बिभिन्न साम्प्रदायिक मण्डली तथा स्वतन्त्र मण्डलीलाई अाबद्द गर्दै बिश्व मण्डलीसंग एकाकार हुदै अघि बढ्ने उद्देश्यले नयाँ नाम दिइएको अध्यक्ष रेभ.हनाेक तामाङले बताउनुभयाे।उहाँले नेपाल राष्ट्रिय मण्डली एलायन्सले अाउनेदिनहरुमा नेपालका मण्डली र संघ संस्थासंग सम्बन्ध,संगति र सहकार्य गर्दै अघि बढ्ने बताउनुभयाे।
त्यसैगरी महासचिव पा.शेर बहादुर ए.सी.ले ऐतिहासिक फड्काे मार्दै परमेश्वरकाे महिमाकाे निम्ति अग्रजहरुकाे अतुलनीय याेगदान र परमेश्वरकाे अनुग्रहले नेपाल राष्ट्रिय मण्डली संगति६०अाैं बर्ष पुरा गर्न सफल भएको बताउदै, अब नयाँ नामसंगै नयाँ चुनाैती र अवसरहरुलाई अात्मसात गर्दै अघि बढ्नुपर्ने बताउनुभयाे। केन्द्रीय सहसचिव रेभ.हिमाल राई(जाेसेफ)ले नयाँ नाम र बिधान संशाेधनकाे प्रस्ताव अनुमाेदनकाे लागि साधारणसभामा पेश गरै लगत्तै उपस्थित सदस्यहरुले तालीकाे गडगडाहट संगै पारित गरेकाथिए।
सभामा मुख्य वक्ताकाेरुपमा प्रथम पटक नेपाल अाउनु भएका वल्ड इभान्जेलिकल एलायन्स (WEA)का महासचिव इफ्राईम एम.टेण्डेराेले इशाई एकता र असल साक्षीकाे बारेमा बताउनुभएको थियाे। सभामा नेपालका बरिस्ठ पाष्टर रबर्ट कार्थक, एडाेन राेगाेंग,डा.मंगलमान महर्जन,प्रकाश सुब्बा ,दिलीप क्षेत्री,डा.शिमाेन पाण्डे, टेक बहादुर दाहाल,जाेसेफ श्रेष्ठ वक्ताकाे रुपमा रहनुभएकाे थियाे भने पाष्टर देव क्षेत्री र पा.राजेन्द्र मल्लले पनि सहभागीलाई समय सापेक्ष शिक्षा दिनुभएको थियाे। गत असाेज २८ गते देखी ३० गते सम्म भएकाे साे उत्सवमा नेपालका सातै प्रदेशबाट ४००जना प्रतिनिधिकाे सहभागिता रहेकाे थियाे भने उक्त कार्यक्रम अाराधना मण्डली,सानेपा,काठमाडौंमा भएको थियाे।