जिउने प्रण गरेको छु !

-जेम्स ल्होमी

परमेश्वर र मेरो टुटेको सम्बन्धलाई,
येशू तिम्रो बलिदानले पून: जोडेको छु !
शरीरको अभिलाषामा जिउने बानी,
तिमीलाई पाएर सबै छोडेको छु !!

तिम्रो नि:स्वार्थ प्रेमलाई बुझेर,
तिमीसित चोखो प्रीत गाँसेको छु !
संसारको क्षणीक आनन्दलाई छोडेर,
तिम्रो साँचो शान्तिमा रमेको छु !!

संसारको वैभवलाई त्यागेर,
स्वर्गीय धन कमाउन लागेको छु !
शरीरको लालचलाई पन्छाएर,
पूर्ण जीवन तिमीमा जिउन सिकेकोछु !!

मेरो हृदयको मन्दिरमा,
येशू तिमीलाई नै सजाएको छु !
तिम्रो दोश्रो आगमनसम्म सदा,
तिम्रै भएर जिउने प्रण गरेको छु!!

Your encouragement is valuable to us

Your stories help make websites like this possible.