-जेम्स ल्होमी
घनिष्ठ सम्बन्ध ख्रीष्टसित होइन,
संसारसित पनि गांस्दोरहेछ !
मुखले ख्रीष्टको गीत होइन,
संसारकै व्यर्थ गीत गाउँदोरहेछ !!
स्वर्ग देशको धनलाई होइन,
संसारकै धनलाई रोज्दोरहेछ !
आशिष दिने परमेश्वरलाई होइन,
आशिषलाई पहिले खोज्दोरहेछ !!
आजका विस्वासी आत्मामा होइन,
शरीरमा बढी चल्दोरहेछ !
बोलाइएका धेरै भए पनि,
चुनिएका थोरै मात्र हुँदोरहेछ !!