जीवन गवाही - पवित्र आत्माको अगुवाइ

कुरा २०५९ सालतिरको हो । देशमा चरम संकटकालको बेला थियो । घरबाट कहीँ कतै जान–आउन पनि डरलाग्दो स्थिति थियो । कहीँ कतै केही पड्कने पो हो कि, केही आपत आइलाग्ने पो हो कि भन्ने त्रास नचाहँदा–नचाहँदै पनि बोकेर हिँड्नुपर्ने परिस्थिति थियो । पञ्चायत कालमा ख्रीष्टियनहरू माथिको दबाव र यातनाको घाउमा खाटाबस्न नपाउँदै उप्केला जसरी संकटकालले पनि हामी इसाईहरूलाई तर्साइरहेको थियो । धर्म प्रचारको संज्ञा दिएर चौतर्फी दबाव र परमेश्वरको महान् आज्ञा, यो चुनौती र अवसर  हाम्रा सामु थिए तर एउटा आशाले हामीलाई सधैँ यो चुनौतीमाथि संघर्ष गर्न र सो अवसरलाई फलवन्त बनाउन नयाँ बल प्रदान गर्दो रहेछ, त्यो स्वर्गीय मुकुटले ।

एक समय एउटा यस्तो परिस्थितिको सामना गर्नुप¥यो । चन्द्रनिगाहापुर चर्चमा शनिवारको दिनभन्दा एक दुई दिन अगि, गर्मीको समय, म भेस्ट र हाफ पाइन्ट मात्र लगाएर बगैँचामा काम गर्दै थिएँ । अचानक तीन–चार जनाको समूहमा केही व्यक्तिहरू आउनुभयो, सायद मेरो त्यो पहिरनको कारणले हो अथवा के कारणले हो सो म जान्दिनँ । उहाँहरूले मलाई माली ठानेर यहाँको मालिक अर्थात् पाष्टर कहाँ हुनुहुन्छ आफ्नो मालिकलाई बोलाऊ, हामी भेट्न चाहन्छौँ भन्नुभयो । मैले भनेँ, म नै हो, भन्नुहोस् । तर मलाई जति नियाल्दा पनि पत्यार नलागेर होला, अलि ठूलो र हप्काइको आवाज निकाल्दै फेरि भनेः छिटो मालिकलाई बोलाऊ । तिमीहरू धर्मको नाममा मानिसहरूलाई भड्काउने, विदेशी धर्म फैलाएर मानिसहरूलाई ख्रीष्टियन बनाउने, आफ्नो देशको कला संस्कृतिलाई हेला गर्ने, नेपाली भएर आफ्नो देशको माया गर्न छोडेर अर्काको देशको धर्म मान्ने र अरूलाई पनि उस्काउने, सबैलाई जम्मा गरेर पैसा उठाएर ठग्ने, यस्को नतिजा नराम्रो होला नि, याद गर्नोस् । हो, यस्तै थिए उनीहरूका धम्की र आरोप । उनीहरू फेरी गर्जीएः कहाँ छन् यहाँको मुख्य मान्छे, छिटो बोलाउनुहोस् । मेरो भने त्यही शान्त स्वरको प्रतिउत्तर थियो, म नै हुँ भन्नुहोस् । सायद त्यस दिन परमेश्वरले मेरो रक्षा गर्नुभएको रहेछ, तिनीहरू रिसाएका थिए जे पनि गर्न सक्थे सायद त्यही मनसायले पनि होला तिनीहरू चर्चको मालिकलाई खोजिरहेका थिए । तर मैले बारम्बार म नै हुँ भन्दा पनि तिनीहरू मान्न तयार थिएनन् र भनिरहेथेः यहाँको मालिकलाई बोलाऊ ।

आज म महसुस गर्छु किन तिनीहरूले स्वीकारेनन, र आज मैले जानेँ कि त्यस दिन पवित्र आत्माले मेरो रक्षा गर्नुभएको रहेछ । परमेश्वरलाई धेरै धन्यवाद । उनीहरूले घरिघरि चर्चको मालिकलाई खोजिरहे र अन्त्यमा मैले उनीहरूलाई यो भने, चर्चको मालिकलाई भेट्ने नै हो भने शनिवार १० बजे आउनोस, यही चर्चमा भेट हुन्छ, उहाँ अगाडि गएर बाइबलीय शिक्षा दिनुहुन्छ अनि तपाईंहरूले चिन्नु होला र भेटनु पनि होला । हो, मालिले गर्नुपर्ने कुरा त यस्तो पो हो भन्ने सोचेछन् क्यार, मेरो सल्लाहाको कुनै प्रतिउत्तर नदिई उनीहरू रीस र आवेगमा त्यहाँबाट फर्किए । देशको अवस्था पनि तेस्तै थियो, चारैतिर त्रास छाएको त्यो त्रास त्यहाँ पनि आउन खोज्यो तर मलाई पवित्र आत्माको शक्तिले सम्हालेको थियो, म सम्हालिएँ ।

विश्राम दिन अर्थात् शनिवारको दिन पनि आयो । महान् परमेश्वरको स्तुति प्रंशसा र आराधनामा मग्न हुँदै वचन प्रचारको पर्खाइमा म थिएँ । मेरो वचनको विषय निकै दमदार र स्वीकार्न गाह्रो थियोः दशांश । मैले केही दिनदेखि प्रार्थना सहित मण्डलीमा दशांश, भेटीहरू दिनुपर्छ जसबाट चर्च लगायत अरू क्षेत्रमा पनि राम्रो काम गर्न सकिन्छ, भन्ने बारेमा तयारी गरेको थिएँ । त्यस बखत हाम्रो देशमा चर्च जानेहरूलाई आर्थिक रूपमा शोषण गरिन्छ भनी विश्वासीहरूलाई विश्वासमा कमजोर बनाउने काम भइरहेको थियो । तर पनि मलाई भने परमेश्वरले दिने विषयमा नै सिकाउनु पर्छ भनी अगुवाइ गरिरहनु भएकाले मैले यही विषयमा तयारी गरेको थिएँ । कारण लूका ६ः३८ अनुसार “देओ र तिमीहरूलाई पनि दिइनेछ । मानिसहरूले प्रशस्त परिमाणमा खाँदी खाँदी बेस्सरी हल्लाएर पोखिने गरी तिमीहरूका पोल्टामा राखिदिनेछन्, किनकि जुन नापले तिमीहरू दिन्छौ, त्यही नापले तिमीहरूले पनि फिर्ता पाउनेछौ” । यो आशिष्को वचन मलाई बाँड्न अगुवाइ भएको थियो र म पनि तयार थिएँ ।

त्यो समयमा म चर्चको अगाडितिर बस्ने गर्थें अगाडि बस्दा दायाँ–बायाँ पछाडितिर हेर्ने बानी मेरो थिएन । भेटी उठाई सकेर, वचनको लागि प्रार्थना भयो अनि वचन प्रचारको पालो आयो, मलाई स्टेजमा निम्त्याइयो, म दशांशको विषय बोकेर अगाडि उभिएँ, मेरो आँखा झट्ट पछाडि तिर बसिरहेका पाँच–छ जना तिनै व्यक्तिहरूमा गएर अडियो । तब तुरुन्तै मेरो भित्रबाट आज यो दशांश वा दिने विषयबाट प्रचार नगर् भन्ने आवाज आयो । अनि मैले पवित्र आत्मालाई काम गर्न दिएँ । चर्चमा भेला भएका १०० देखि १५० जना जतिको जमातलाई आ–आफ्नो ठाँउमा उठ्न लगाएर पवित्र आत्मामा मैले भनँे, हामीले प्रभु येशूलाई प्रसन्न र खुशी पार्नुपर्छ, उहाँको उपस्थितिलाई थाहा पाउनुपर्छ । यसरी सबैलाई प्रार्थनामा डो¥याएर केही क्षण हामी सबै प्रार्थनामा बस्यौँ ।

तब पवित्र आत्माले काम गर्नु भयो । पवित्र आत्माले नहेम्याह जसले आफ्नो देशको एकदम माया गरेर रोएका थिए, उनलाई देखाउनुभयो र पवित्र आत्मामा मैले यसरी प्रचार गर्न थालेँः नहेम्याह राजा अर्तासास्तका मद्य टक्रयाउनेहरूका अधिकृत थिए । जब उनले आफ्नो देश यरूशलेमको पर्खाल ढलेको खवर सुने उनी गहिरो शोक र विलाप गर्दै रोए, उपवास बसे आफ्ना देशका पुर्खाहरूले गरेका पापको लागि परमेश्वरसँग पश्चात्ताप गरे । ती नयाँ आएका मानिसहरूले पनि सुनिरहेका थिए । थाहा थिएन तिनिहरूको मनमा के कुरा दौडिरहेको छ । तर पवित्र आत्माले मलाई गर्नु भएको साहायतामा म तल्लिन थिएँ । नहेम्याहले आफ्नो दरवारमा रहेको स्तरीय अधिकृत पदको मतलब नराखी राजासँग सो पर्खाल पुनर्निर्माण गर्न जाने अनुमति माग्ने आँट गरे । उनको आँट सफल भयो किनकि उनको उपवास सहितको प्रार्थना जो थियो । उनले राजाबाट अनुमति प्राप्त गरे साथै राजाबाट धेरै सहायता पनि पाए । नहेम्याह २:५ मा नहेम्याहले भनेका छन्ः मैले स्वर्गका परमेश्वरसँग प्रार्थना गरेँ…। नहेम्याह २:८ मा “राजाले मेरो बिन्ति मन्जुर गर्नुभयो किनकि मेरा परमेश्वरको कृपालु हात ममाथि रहेको थियो ।”

नहेम्याह ८:१० “दुःखित नहोऊ, परमप्रभुको आनन्द नै तिमीहरूको बल हो ।” नहेम्याहले आफ्नो देशको, आफ्नो शहरको विनाश भएको, आफ्ना देशबासी निर्वासनमा लगिएका, निर्वासनबाट बाँचेर प्रदेशमा आएकाहरूले निकै निन्दा र दुःख सहनु परेको यरूशलेमका पर्खाल भत्काइएको र मूल ढोकाहरू आगोले नष्ट पारिएको खबर सुनेपछि आफ्नो देश र जनताको लागि प्रार्थना मात्र गर्ने होइन प्रार्थना सहित काम पनि गरे ।

आफ्नो देशलाई आफ्नो आवश्यकता परेको बोध उनलाई भएको थियो । जस्तासुकै अवरोध आए तापनि देश र आफ्नो शहरको ममतालाई जीवन्त रूप दिन कटिबद्ध भइरहे । सेवा गर्दै जाने क्रममा गनगन, नहेम्याहले बाधा र शत्रुहरूका धम्कीको पनि सामना गर्नुप¥यो ( नहेम्याह २:१०–१९ ) उनलाई निराश र हतोत्साहित पार्ने चौतर्फी प्रयास भइरह्यो तर पनि नहेम्याह विचलित नभइकन निरन्तर लागिपरिरहे  ( नहेम्याह ५ र ६ अध्याय )। अनेक कष्ट, विरोध र बाधाहरूका बाबजुद पनि आफ्ना मानिसहरूको सहायतामा ५२ दिनमा यरूशलेम आफ्नो शहरको पर्खालको पुननिर्माणको काम सके । अन्त्यमा आजको यस सेवामा सहभागी सबैलाई चुनौती यो छ कि हाम्रो देश पनि सबै क्षेत्रबाट लथालिङ्ग भएको छ । त्यसैले नहेम्याह जस्तै साहसी व्यक्ति आज हाम्रो समाजको लागि चाहिन्छ । आफ्नो देश र आफ्नो शहर अर्थात् आफ्नो समाजको बिग्रिरहेको रूपलाई नयाँ बनाउनका लागि हामी पनि नहेम्याह भएर जन्मनुपर्छ र अगाडि बढ्नुपर्छ । कति जवानहरू ठूलो त्याग र बलिदान सहित पूर्णरूपमा सबै छाडेर जीवन र मृत्युको कुनै भय नराखी निरन्तर लागिपर्नु भएको छ उँहाहरूलाई सृष्टिकर्ता परमेश्वरले हरदम साहायता प्रदान गरून्, ज्ञान बुद्धि र सुरक्षा दिऊन । पवित्र आत्माले सबैको हृदयमा यति छाप पार्नुभएछ कि त्यो माझमा ठूलो ताली बज्यो ।  हाम्रो जीवित परमेश्वर हुनुहुन्छ जसले हाम्रो यस्ता असल कदमलाई सधैँ साथ दिनुहुन्छ । आज हाम्रो देश सामाजिक रूपमा, आर्थिक रूपमा र व्यावहारिक रूपमा बिगार्दै र नष्ट हुदै जाँदैछ । हामी यस देशका बासिन्दा हौँ, हामी नेपाली इसाई हौँ, यो देशको बिग्रदो अवस्थालाई सही बनाउने जिम्मेवारी हाम्रो पनि हो । त्यसकारण हाम्रो देशको बिग्रदो रूपलाई पुनर्निर्माण गर्न हामी एकजुट हुनुपर्छ र यो देशलाई समृद्ध बनाउन लागि पर्नुपर्छ । हो, नहेम्याहलाई जस्तै बाधा, विरोध, गिल्ला, सतावट र धम्कीहरू आउलान् तर पनि हामी एक भएर यी कुराको सामना गर्दै अगि बढ्नुपर्छ । के हामी तयार छौँ आमेन ।

अन्तमा सेवा सकियो, सबै विश्वासी जन एक–आपसमा भेटघाटमा लागे, पछाडि बस्ने ती नयाँ मानिसहरूले पनि मलाई भेट गरे । पवित्र आत्मालाई र उहाँको सुरक्षालाई म साह्रै धन्यवाद दिन्छु । उनीहरूको मनलाई पवित्र आत्माले राम्रो छाप पार्नुभएछ । मैले सोचेको पनि थिइनँ उनीहरू शनिवार आउनुहोस्, मालिकसँग भेट हुन्छ भनिदिएको भरमा आउँछन् होला भन्ने । उनीहरूको उपस्थिति देख्दा के गर्ने कसो गर्ने बारेमा पवित्र आत्माले नै मलाई साहायता गर्नुभएको थियो । उनीहरूले शुरुमा सरी भने, अस्ति तपाईंलाई हामीले चिनेनौँ । यहाँको मुख्य मान्छे त तपाईं नै हुनुहुदोरहेछ ।  आज हामीले जे सोचेर र जुन खराब सोच बनाएर यहाँ छिरेका थियौँ तर यहाँको शिक्षा र देशप्रतिको तपाईंहरूको माया र समाज अनि मानिसलाई असल बनाउन लागिपरेको र लागि पर्ने तपाईंहरूको प्रतिबद्धता देख्दा हामीहरूले भन्दा पनि तपार्इंहरूले देशलाई धेरै माया गर्नुहँुदोरहेछ, धेरै धन्यवाद । हामी त चर्चबारे बाहिर हुने हल्ला र आरोप सुनेर साँचै तेस्तै हुने रहेछ भने, आज चर्चमा यस्तो गर्ने विचारले आएका थियो । त्यसो भन्दै जजसले हतियार बोकेका थिए उनीहरूले आ–आफ्नो ज्याकेट खोलेर, लुकाई ल्याएको पेस्तोल लगायतका अरू हतियारहरू देखाए । तर तपाईंहरूको समाज विकासमा र उन्नतिमा लागेकाहरूका लागि गर्ने प्रार्थना र आपूm पनि लाग्ने कुरा सुन्दा खुशी लाग्यो, बरु कसैले दुःख दिन र धम्काउन आए भने हामीलाई भन्नुहोस्, हामी तह लगाइ दिन्छौँ भने । मैले भनेँ, त्यस्तो छैन, धन्यवाद ।
उनीहरू खुशीसाथ फर्के । म एकछिन त छाँगाबाट खसेजस्तै भएँ । यदि आज दशांशको बारेमा बोलेको भए, मण्डलीले गरिबहरूको पैसा थुपार्छ भन्ने आरोप ती मानिसहरूले सही मानेर मण्डली अथवा मलाई जे पनि गर्न सक्थे । मैले जानेँ, पवित्र आत्माले हामीलाई ती अप्ठ्यारा परिस्थितिहरूमा कस्तो साथ दिनुहुँदो रहेछ । मैले उहाँहरूलाई बहकाउन त्यस्तो प्रचार गरेको थिइनँ । त्यो प्रचार साँचो र जीवन्त छ । हामी प्रत्येक इसाईले देश र समाजको लागि साँच्चै प्रार्थना गर्ने र केही गर्नु पर्छ र यो देश विकासमा इसाईहरूले पनि हात बढाउनु पर्छ । एकछिन भएपनि उहाँहरूलाई मैले विश्वासको बारेमा केही सु–सन्देश सुनाएँ, हिब्रू ११:१ बाट पनि जानकारी गराएँ ।

हाम्रो देश नेपालमा हाम्रो मित्रहरूलाई यो देश बनाउनका लागि पवित्र आत्मा परमेश्वरले सहायता गर्नुभएको होस् आफ्नो मात्र स्वार्थ पूरा गर्ने होइन उहाँको अगि नम्रतामा बढ्नु पर्छ नभए हामी उहाँलाई दिने महिमा प्राप्त गर्न सक्दैनौँ । यो देश र देश विकासमा मण्डलीहरूले खेल्नुपर्ने भूमिकाका लागि निरन्तर प्रार्थना गरौँ र केही कदम चालौँ परमेश्वर सधैँ साथ दिन तयार हुनुहुन्छ । धन्यवाद ।

 

पा. दिपक कुमार राई

उद्धार ए.जी. मण्डली

चन्द्रनिगाहपुर, रौतहट

Your encouragement is valuable to us

Your stories help make websites like this possible.