-स्मीता शेर्पा
छैन मलाई समाजको अब कुनै डर
येशु छन् साथमा लिएको छु भर |
जिन्दगीको भारी उहाँमा बिसाउँदैछु
स्तुति गाउँछु उहाँकै निकाली मिठो स्वर |
संसारसंग थाके भनें बिश्राम उहाँमा छ
हरियो खर्क सितल पानी उहाँ मेरो घर |
उपाश्ना, भक्ति-आरधना पुगोस उहाँमा
प्रार्थना छ मेरा प्रभु ! आशिष मलाई छर |