गजल

-स्मिता शेर्पा 

दु:खै दु:खको जीवन,आनन्द-हर्ष र सुखमा जिएको छु!
जब पाएँ जिउँदो पानी आँशु होइन सधैं खुशी पिएको छु !!

अन्धकारको शक्ति भित्र हौसिएर अति  रमेको थिएँ!
पापले जीवन च्यातिएको थियो येशू संगै सिएको छु !!

 मनका पिडा सुनिदिने,कोहि थिएन अधुरो जीवनमा!
पूर्णतामा रमाएर जीवनको साहारा येशूमा दिएको छु !!
 
सुखको  आशामा आफैलाई बर्बाद गरेँ हिजोको दिनमा!
भूलको माफी र उद्धार आज,  येशूद्वारा  लिएको छु!!

Your encouragement is valuable to us

Your stories help make websites like this possible.