बाटो काटी जाँदै थिएँ
कता–कता आवाज सुनेँ
त्यो त रगतको थोपाले
मलाई डाकिरहेछ ।
तपतप चुहिरहेको आवाजले
मलाई बोलाउँदै छ
ए छोरी बाटो यता छ
ए छोरा बाटो यता छ ।
बाटो काटी जाँदै थिएँ
कता–कता आवाज सुनेँ
मलाई थाहा छ
तिम्रो कोमल मनमा धेरै पिर र व्यथा छ ।
रगतको थोपामा सुन्छु आवाज
तिम्रो जीवनको भार
बिसाऊ यहाँ
साँचो र सत्य बाटो यता छ ।
तिम्रो प्रेमको निम्ति आज
दिएँ मैले आफ्नै बली
के तिमीलाई थाहा छ ?
ए छोरी बाटो यता छ ।
ए छोरा तिमीलाई थाहा छ ?
साँचो र सत्य बाटो यता छ ।
– निरू खत्री, इम्मानुएल एक्लेसिया